२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

दक्षिण एसियाली करातेमा स्वनिम र एलिसालाई स्वर्ण

 काठमाडौं । मित्रराष्ट्र भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा यो समाचार तयार हुदाँ सम्म नेपाललाई ८ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ बर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए । त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए । त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसंग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए ।

त्यसैगरि सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र बहादुर खपाङगीले जानकारी दिए ।  


भुटान सहित नेपाल, भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगिताको उदघाटन समारोहमा नेपालको तर्फवाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ्ग, उपाध्यक्ष मजिन्द्र सिंह, महासंघका सदस्यहरु, बरिष्ठ प्रशिक्षकहरु, टिम प्रशिक्षकहरु, पदाधिकारीलगायत करिव १ दर्जन अफिशियलहरुको सहभागी रहेको प्रवक्ता खपाङगी ‘ईश्वर’ ले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।