२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा रामेछापका युवा पक्राउ

काठमाडौं । कोटेश्वरको एक गेस्टहाउसका दुईजना सञ्चालक पक्राउ परेका छन् । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएके हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ का ३२ वर्षीय नवीन थापा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का १९ वर्षीय उज्वल खड्का छन् ।

उनीहरूलाई काठमाडौंको कोटेश्वरस्थित रामेछाप खाजाघर एन्ड गेस्टहाउसबाट प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो
उनीहरूले बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरूले ग्राहकबाट चारदेखि पाँच हजार रुपैयाँसम्म लिएर बालिकाहरूलाई शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति ५०० रुपैयाँ दिने गर्दथे ।

ब्युरोबाट खटिएको प्रहरी टोलीले गेस्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्धार गरेको छ । अभियुक्तहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर ब्युरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।