२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

रामेछाप काठमाण्डौं सृजनशील समाजले सनिवार `रामेछाप विकास वहस कार्यक्रम´ गर्ने

काठमाडौँ । रामेछाप काठमाडौ सृजनशिल समाजले रामेछाप विकास वहस सामूहिक विमोचन एवम् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । सनिवार भक्तपुर नयाँ ठिमी स्थित तावे रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

समाजमा सामाजिक, मानवीय एवम् समृद्धिको लागि भूमिका खेल्ने गरि २०७३ सालमा स्थापित यस संस्थाले निरन्तर रुपमा रामेछाप विकास वहस संचालन गरि विदेश एवम् स्थानिय स्तरमा छरिएर रहेको विकासका विचार, स्रोत साधन, व्यक्तिहरुको भूमिका, मानसिकता, समृद्धिको भावना, उद्यमशील सीप कौशलता, प्रविधि तथा पँहुचलाई जोडी समृद्ध रामेछापको लागि प्रयोग गर्न उत्साहीत गर्दै आइरहेको संयोजक बुढाथोकीले बताए ।

`विभिन्न चरणमा रामेछाप विकास वहस कार्यक्रम आयोजना भएको छ´ -संयोजक बुढाथोकीले भने ´मन्थली नगर विकास वहस कार्यक्रम, नौलो प्रतिस्पर्धा , शिक्षालाई सीप संग जोडी उद्यमशिलता अभिबृद्धि गर्ने शैक्षिक प्रवर्द्धन कार्यक्रम, समृद्ध रामेछापको लागि रामेछाप व्यापी शिक्षक वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि गरिसकेका छौँ ।´

संस्थाले रामेछाप स्थायी घर भइ काठमाडौँमा विभिन्न पेशामा आवद्ध भएर बसेकाहरुलाई कार्यक्रममा सहभागी भएर आफ्नो विचार प्रस्तुत गर्न अनुरोध समेत गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।