२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

 ट्रम्पलाई इरानका तर्फबाट ‘थ्रेट’ 

वाशिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याका लागि इरानको षडयन्त्र भइरहेको चाल पाएर केही हप्ताअघि नै उनको प्रतिरक्षा बलियो बनाइएको अमेरिकाका एक राष्ट्रिय सुरक्षा अधिकारीले बताएका छन् ।

ती अधिकारीले गएको शनिबार पेन्सिलभानियामा भएको हत्या प्रयास र इरानको सो षडयन्त्रको भने कुनै सम्बन्ध नभएको जनाएका छन् ।

उनको सुरक्षा व्यवस्था कडा पारिएको भए पनि २० वर्षिय युवक थोमस माथ्यु क्रुक्स कसरी कार्यक्रम भएको स्थान अगाडिको भवनमा हतियारसहित गएर गोली प्रहार गरे भन्ने प्रश्न उब्जिएको थियो । अमेरिकी सेक्रेट सर्भिस र ट्रम्पको चुनावी क्याम्पेनलाई इरानको षडयन्त्रको बारेमा पहिल्यै सूचित गरिएको जनाइएको छ । सेक्रेट सर्भिसलाई इरानी ‘थ्रेट’बारे गएको जुनमै जानकारी दिइएको थियो ।

सन् २०२०मा इराकमा इरानको क्यूद फोर्सका कमाण्डर क्वासिम सुलेमानी अमेरिकी कारवाहीमा मारिएपछि ट्रम्प र उनका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओलाई इरानका तर्फबाट ‘थ्रेट’ रहेको जनाइएको बीबीसीले जनाएको छ । 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।