२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाइ दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेत लगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन् ।

उक्त कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो । मन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिदै यस विषयमा सरोकारवाल सबैसंग छलफल गर्ने बताए ।


अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन (ओ एन्ड एम सर्भे) तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेका थिए ।

राखेपका सदस्य सचिव घिसिङ भन्छन् – ‘जुनियर प्रतियोगिताको खाँचो छ’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।