२०८२ माघ २९ बिहीबार
२०८२ माघ २९ बिहीबार

सहरी विकासमन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता,के भयो छलफल ?

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटवार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिए । सो क्रममा भारतीय सहयोगमा भइरहेको पुनर्निर्माणका कामका बारेमा समीक्षा भएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।

त्यस्तै, भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहरमैला व्यवस्थापन, नदीनालाको प्रदूषण न्यूनीकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताए । सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।