२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । तार्केश्वर नगरपालिका ४ बाट सोमबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको सिद्धलेक गाउँपालिका ३ गैरिगाउँ बस्ने ३८ वर्षीय चेत बहादुर विसुङ्केलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश-०२-०३१ प ०६६८ नम्बरको मोटरसाइकल सहित विसुङ्खे शंकाष्पद अवस्थामा आज अपरान्ह ४ बजे फेला परेका थिए । चेक गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश- ०२- ०४१ प ९३७८ भएको खुल्न आएको थियो ।

सोही मोटरसाइकल खोजतलासको लागि काठमाडौँकै टोखा ७ राम मन्दिरका जसवीर तामाङले घरबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका विसुङ्केलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।