२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।

यस्तै, आइतबार प्रतितोला रु. एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।