काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार विहान आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार पारेका हुन् ।
देउवाले प्रकाशमान सिंहलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी सहित सरकारमा कांग्रेसको नेतृत्व दिइने भएको छ । कांग्रेसबाट रमेश लेखक गृहमन्त्री र आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछिन् ।
यस्तै अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् । दिपक खड्कालाई जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री बन्ने छन् ।
शेखर–गगन समूहलाई स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, पर्यटन र कृषि मन्त्रालय दिइएको छ ।
तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन् ।
बाँकी तीन मन्त्रीमा सहमहामन्त्री जीवन परियार, सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारी मध्ये ककसलाई पठाउने भन्ने टुंगो लगाउन अझै नभएका स्रोतले बतायो ।
आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । साना दल बाहेक कांग्रेस र एमालेबाट मन्त्री बन्नेको शपथ आजै हुनेछ ।