२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

प्रधानमन्त्रीको शपथग्रहण नगर्दै ओलीको पद जोखिममा !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्रीको शपथग्रहण सोमबार बिहान ११ बजे गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।

ओली प्रधानमन्त्रीमा नियुक्त

संसदको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थन सहित प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको नेतृतवमा राष्ट्रिय सहमतिको सरकार बनाउने एमाले काँग्रेसबीच गत असार १७ गते राति सात बुँदे सहमति भएको छ ।

यता राष्ट्रपति पौडेलले संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा (२) बाटै सरकार गठन गरिएको भन्दै कानुन व्यवसायीहरु सर्वाेच्चमा जाने तयारी गरेका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए । उनले संविधान संशोधनको नाममा काँग्रेस र एमाले पुरानै संविधान ब्युँताउन खोजेको दाबी समेत गरे ।

त्यस्तै अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिले संविधान च्यात्ने काम गरेको बताएका छन् । उनले राष्ट्रपति संविधानको रक्षक हुनुपर्नेमा भक्षक भएको बताए । ‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैरसंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ । यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ’ न्यौपानेले भने ।

ओलीको शपथ भाेलि बिहान ११ बजे ; सबै सांसदलाई निम्तो

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।