२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे विप्लव

काठमाडौं : नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ आज साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर विप्लव ओली निवास पुगेका हुन्।

विप्लव माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी रहेको समाजवादी मोर्चाको संयोजक हुन्। उनी गत फाल्गुण ६ संयोजक चयन भएका हुन्। नेकपा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनी गएका हुन्।

चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका मोर्चाको संयोजक थिए। नयाँ सत्ता समिकरण बनेसँग वामपन्थीको एकता गर्नुपर्ने भन्दै दलहरुबीच छलफल चलिरहेको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।