काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको गठबन्धन भएको बताएका छन्। आज एक कार्यक्रममा नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन काँग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन्।
काँग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उनको भनाइ छ। ‘मैले विगत सातरआठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, काँग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौं, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौं,’ उनले भने।
नेता कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गरे। उनले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए।