काठमाडौं । गायिका कमला घिमिरेले नेपाली चलचित्र ‘माइली’ मा अभिनय गर्ने भएकी छिन् । बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रबाट गायिका कमलाले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । डेब्यु चलचित्रमा उनको भूमिका खुलाइएको छैन ।

कमलाले संगीतमा जस्तै चलचित्रमा पनि आफूलाई दर्शकले माया गर्ने अपेक्षा गरेकी छन् । कमला केही समय अगाडि एक युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ गायिकाका रुपमा परिचित थिइन् ।

फिल्म युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । असार अन्त्यदेखि छायांकन सुरु हुने चलचित्रमा मकवानपुरको वीरखर्क र कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिनेछ । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ । चलचित्रमा प्रियंका कार्की र करिश्मा मानन्धर पनि अधिनय रहने छ ।












