२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

राखेप सदस्य सचिव घिसिङले गरे ई स्पोर्ट्स पदक विजेता खेलाडीलाई ट्रफी र नगद प्रदान

काठमाडौं । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी एक कार्यक्रभमबीच पुरस्कृत गरे । मोबाइल लिजेन्डमा शीर्ष ८ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए ।


ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोश्रो भएका सन्देश ओझाले ३० हजार, तेश्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।


कार्यक्रममा सदस्य–सचिव घिसिङले ई स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिदै ई स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिबृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड दिए ।


सदस्य–सचिव घिसिङले ई स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताउदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरुप सरकारले लगानी बढाउनु पर्ने आवश्यकता औल्याए । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनु पर्ने बताउदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिए ।


राखेपका सदस्य समेत रहेका ई स्पोर्ट्सका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिदै वार्षिक क्यालेन्डरनै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

https://www.khabarpetika.com/2024/07/08/5421

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।