काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र एमालेबीच सहकार्यको बीच बाटोमा एकअर्कालाई लात्ता हानेर नहिँड्ने समझदारी भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार भएको र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तै प्रेम एकातिर लिभिङ टुगेदर अर्कैतिर नगर्ने समझदारी भएको बताए । “एकले अर्कालाई बीचमा हिँड्दा हिँड्दै लात्ता नहान्ने समझदारी भएको छ । प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग यस्तो नगर्ने पनि सम्झौता भएको छ । उथलपुथल नगर्ने हामी बीचमा सहमति भएको छ,” उनले भने ।
गायिका अन्जु पन्तको गीत ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ?’ गीत स्मरण गराउँदै उनले सुरुमा भने, “वर्तमान सरकारलाई एमालेको तर्फबाट दिएको समर्थन फिर्ता लियौँ । सबै मन्त्रीले राजीनामा दिनुभयो । बालुवाटार पुगेर राजीनामा बुझाउँदा एउटा गीत गाउनुभयो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले गीत गाउनुभयो । अन्जु पन्तको गीत स्मरण गराउन चाहन्छु तिमीले पराई ठानेपछि पराई हुन के भयो र ।”