२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु

काठमाडौं । निर्देशक यादवकुमार भट्टराईको तेस्रो चलचित्र ‘झिल्को’ को छायाङ्कन सुरु भएको छ‌। वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गरी बन्न लागेको चलचित्र बिहीबारदेखि ललितपुरस्थित संखमूलबाट छायाङ्कन सुरु गरिएको हो।

चलचित्र काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन हुनेछ। विगत डेढ वर्षदेखि अध्ययन र लेखनमा रहेको फिल्म अहिले निर्माण गर्न हुन लागेको हो ।

निर्देशक भट्टराईका अनुसार सुविधाको नाममा वर्तमान परिवार र समाज गम्भीर दुष्चक्रमा फसेको कथा फिल्मले उठाउनेछ । एउटा राम्रो अर्थपूर्ण फिल्म निर्माणका लागि ‘झिल्को’ बनाउन लागेको उनले बताए।

थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराईले ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । झोलापछि सन् २०१९ मा भट्टराईको दाइजो विरोधी चलचित्र ुभोरु सार्वजनिक भएको थियो।

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायतको अभिनय रहनेछ ।

ुझिल्को’को पटकथा तथा संवादलाई भट्टराईसहित देवव्रत र अरुणदेव जोशीले तयार पारेका हुन् । दीपक बज्राचार्यको छायाङ्कन, चण्डीप्रसाद काफ्लेको संगीत फिल्ममा रहनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।