२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको

काठमाडौं । भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौँको आरुबारी बस्ने २४ वर्षीय लाक्पा काजी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश(०२(०४८ प ९५ ४७ नम्बरको स्कुटर काठमाडौँको गोंगवुबाट हराएको भनि अजय तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । खोजतलासका क्रममा उक्त स्कुटर सहित शेर्पालाई आज अपरान्ह ४ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि शेपालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध समेत गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।