२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

चित्रबहादुर केसीको प्रश्न ; भुटानी शरणार्थी र गिरीबन्धुबीच सम्झौता भएको हो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले एमाले र कांग्रेसबीच भएको नयाँ समीकरण बनाउने समझदारीलाई दुई भ्रष्टाचार काण्डबीच सम्झौता भएको हो भनेर प्रश्न गरेका छन् ।

आइतबार बसेको संसद् बैठकमा भाग लिँदै उनले भने, “दुई ठूला पार्टीबीच भएको समझदारी भुटानी शरणार्थी र गिरीबन्धु काण्ड लुकाउने सम्झौता हो भने त्यो जनतालाई मान्य हुँदैन । यहाँ संसद्‌मा स्पष्टीकरण दिँदैमा केही हुँदैन । जनताले हिसाबकिताब मज्जाले राख्छन् ।”

उनले सरकारको नेतृत्व सबैभन्दा ठूलो पार्टीले गर्नुपर्ने बताए । “सुरुमै ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्दैनथ्यो ? किन यहाँसम्म आएर फेरि सत्ता परिवर्तन ? योभन्दा अगाडि बनेको गठबन्धन के कारणले बनेको थियो ? अहिले पनि माइलो पार्टीले सरकारको नेतृत्व गर्ने । यो मिल्यो त,” उनले भने ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।