२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

एमालेले बागमती सरकारको समर्थन फिर्ता लिने,मुख्यमन्त्री जम्कट्टेलले राजिनामा नदिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा नदिने भएका छन् ।

आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौैंडा आउने तयारीमा छन् । उनी हेटौंडा आएलगत्तै नेकपा एमालेले बागमती सरकारको समर्थन फिर्ता लिने तयारी गरेको छ । शुक्रबार नै समर्थन फिर्तासहित मन्त्रीहरूको राजीनामा बुझाउने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल हेटौंडा नआएकाले रोकिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुुुदन पौडेलले जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।