काठमाडौं । सरकारले ५२ वटा रोगलाई संक्रामक रोगको सूचीमा राखेको छ । जनस्वास्थ्य ऐन २०७५ को दफा ४१ लाई प्रयोग गर्दै ५२ रोगलाई सो वर्गमा राखिएको हो ।
सूची असार २० गते नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । संक्रामक रोगको पहिलोमा रेबिज राखिएको छ राखिएको छ । त्यस्तै दोस्रोमा क्षयरोग, तेस्रोमा कोभिडलाई सङ्क्रामक रोग भनेर राखिएको छ ।
यस्तै, चौथोम पाँचौँ हुँदै क्रमश दादुरा, डेंगु, जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङ्कार, एच.आइ.भी÷एड्स, एन्फ्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्याग्दे ज्वारो, कालाजार, रोटाभाइरस, रुबेलालाई पनि समावेश गरिएको छ ।
यस्तै, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निकोकल निमोनिया, कमलपित्त, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रुसेलोसिस, कुष्टरोग, लहरे खोकीसमेत सङ्क्रामक रोग अन्तर्गत परेका छन् ।
यस्तै, कमलपित्त सी, निपाह भाइरस इन्फेक्शन, एंथ्रेक्स, पोलियो, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस डिजीज, हात्तीपाइले, साल्मोनेसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिवर, मारबर्ग भाइरस डिजीजलाई सङ्क्रामक रोग भनेर सरकारले तोकेको छ ।
यस्तै, सार्स, कमलपित्त ए, प्लेग, लिजियोनेलोसि, इनोकोकोसिस÷हाइडैटिडोसिस, एमपक्स, बिफर, एल्लो फिवर, कमलपित्त ई, चिकुनगुनिया रोगलाई पनि सङ्क्रामक रोगको सूचीमा समावेश गरिएको छ।
यस्तै, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवरलाई पनि मन्त्रालयले सङ्क्रामक रोगको सूचीमा राखेको छ।