२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

एक लाख मानिसहरू बिजुलीबत्ती बिहीन

क्रिभ । रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको थियो ।

बिजुली उत्पादन सुचारु गर्ने काम भइरहेको नेशनल ग्रिड अपरेटर युक्रेनेर्गोले भनेको छ । सो आक्रमणमा कसैलाई घाउचोट लागेको वा निधन भएको खबर आएको छैन । रुसले युक्रेनभरि बिजुली उत्पादन केन्द्रलाई निशाना बनाएर आक्रमण जारी राखेको छ । बिजुली आपूर्ति ठप्प हुँदा उखरमाउलो गर्मीमा पानी, एसी विहीन अवस्थामा मानिसहरू बस्न बाध्य भएका छन् ।

अस्पतालहरूमा बिजुली नहुँदा अपरेसन प्रभावित भइरहेको छ । रुसले थर्मल ऊर्जा केन्द्रमा आक्रमण गर्दा गएको तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट बिजुली उत्पादन क्षमता गुमाएको छ । जल विद्युत् उत्पादन केन्द्रहरूमा पनि ड्रोन र मिसाइलले हमला गर्ने क्रम जारी छ ।

रुसी आक्रमणको असर कम गर्न पोल्याडले उब्रिएको बिजुली युक्रेनतिर पठाइरहेको छ । तर घरेलु स्तरमा भएको बिजुली उत्पादन र आयातित बिजुलीले माग धान्न नसक्दा दिनभर लोडसेडिङ भइरहेको छ । एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।