२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

पौडीमा २ नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ । दिवाकर अवाले र अजलकाजी तण्डुकारले कीर्तिमान बनाएका हुन् ।


सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम् शर्माको कीर्तिमान भंग गरे । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा शुभम्ले २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।


नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै अर्को कीर्तिमान स्थापित गरेका थिए । अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।


जम्मा ६५ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ३१ स्पर्धा सम्पन्न भएको प्रतियोगिता संयोजक आयोजक संघका महासचिव ईश्वर कार्कीले जनाएका छन् । बाँकी स्पर्धा प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ ।


प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा ३ सय ५१ खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव गंगालाल गोलले जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।