२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

सप्तकोसी नदीमा पानीको बहाव उच्च,ब्यारेजको ५६ वटै ढोका खुल्यो

विराटनगर । शुक्रबार राति देखि परेको अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।

सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी थियो ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।