२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

इन्टरटेन्मेन्ट टेबलटेनिस भोलिदेखि, कति पाउँछ पुरस्कार ?

काठमाडौें । इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहने आयोजक इन्टरटेन्मेन्टका अध्यक्ष सुमन खड्गीले जनाएका छन् । सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा १ मात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । डबल्समा पुरुष÷महिला, पुरुष÷पुरुष र महिला÷महिला खेलाडीको जोडी रहन सक्ने छन् ।

शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः ४० हजार, ३० हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट २ खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोगमा हुन लागेको एकदिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा खेलाइने छ । प्रतियोगिताको बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।