२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त

काठमाडौँ । बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका किअर स्टार्मर नियुक्त हुनुभएको छ । हिजो भएको संसदीय चुनावमा अत्यधिक बहुमत पाएसँगै स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

संसद्का ६ सय ५० सिटमध्ये स्टार्मरको पार्टीले ४ सय १२ सिट जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ११ सिटले धेरै हो । यस्तै विगत १४ वर्षदेखि सत्तामा रहेको कन्जर्भेटिभ पार्टीले १ सय २१ सिट मात्रै जितेको छ । यो अघिल्लो चुनावको भन्दा २ सय ५० सिटले धेरै हो ।

किअर स्टार्मर प्रधानमन्त्रीमा नियुक्त हुनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनक बकिङ्गम दरबारमा पुगेर राजा चार्ल्ससमक्ष राजीनामा बुझाउनुभएको थियो । राजा चार्ल्सलाई राजीनामा दिएर उहाँ बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिनुभएको हो ।

त्यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै प्रधानमन्त्री सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गर्नुभएको थियो । ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छाड्दै गर्दा सुनकले बेलायत संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताउनुभयो ।

यसैबीच यसपालि बेलायतको ‘हाउस अफ कमन्स’ मा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको बीबीसीले जनाएको छ । यस पटक २ सय ४० जनाभन्दा धेरै महिला सांसदमा निर्वाचित भएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।