२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। उच्च अदालत पाटनले सफाइ दिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पूरा गरेका थिए। अमेरिकाले भिसा नदिँदा उनले नेदरल्यान्ड्विरुद्धको खेल भने गुमाएका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।