२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो’ :मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’

‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो भनेको हो,’ उनले भनिन् ।

सांसदहरूले शिक्षकलाई तर्साउन नहुने बताएका थिए । जवाफ दिंदै उनले यस्तो बताएकी हुन् ।

‘‘आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन,’ उनले भनिन् ।

सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।