२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

केन्द्रीय सचिवालय बैठक बोलाउने एमाले तयारी

एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी सुरु गरेको छ । तीन दिनभित्र सचिवालयको बैठक बोलाउनका लागि गृहकार्य गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकमा सम्भावित एजेन्डाबारे अनौपचारिक छलफल भएको छ ।

बैठकमा आगामी १५ वैशाखमा आयोजना हुने उपनिर्वाचनमा पार्टीले उठाउने उम्मेदवार, ८, ९ र १० वैशाखमा बोलाइएको केन्द्रीय परिषद् बैठक र पार्टी स्थापना दिवस तथा जिल्ला अधिवेशनलगायत विषयलाई सचिवालय बैठकको एजेन्डा बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

‘एजेन्डाबारे अनौपचारिक छलफल भएको छ, तर सचिवालय बैठकको मिति तय भइसकेको छैन, सम्भवतः तीन दिनभित्रै बैठक बस्छ,’ उनले भने, ‘त्यो बैठकले उपचुनावको उम्मेदवार पनि तय गर्नेछ ।’

एमालेले ५ चैतभित्र इलाममा हुने प्रतिनिधिसभा निर्वाचन र बझाङमा हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार केन्द्रमा सिफारिस गरिसक्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनअनुसार नाम आइसके पनि अहिलेसम्म त्यसबारे छलफल सुरु नभएको अधिकारीले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।