काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस र एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन् ।
उनले संविधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरूसँग पनि कुनै छलफल नगरेको बताए ।












