२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

पौडी प्रतियोगिताको तयारी पूरा, ३ सय ५१ खेलाडीको सहभागी रहने

काठमाडौं । ‘वल्र्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले यहि असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । संघका सचिव गंगालाल गोलेका अनुसार ३ सय ५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन हुनेछ भने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा समापन हुने सचिव गोलेले बताए ।

विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विद्याहरुमा खेलाइने उक्त पौडी प्रतियोगितामा सबै भन्दा कम उमेरका ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी रहने छ । संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसंगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागीता रहेको संघले जनाएको छ ।

संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागीताले नेपालमा पौडी खेलाडीहरुको आकर्षणको केन्द्र मात्र हैन यसको विकास र विस्तारमा थप जिम्मेवार बनाएको संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।