२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

बाइडेनले गरे– कमजोर प्रस्तुतिलाई लिएर क्षमायाचना

वाशिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेनले गएको बिहीबारको टेलिभिजन डिबेटमा कमजोरी हुनुको कारण ‘जेट ल्याग’ भएको बताएका छन् । उनले आफू उक्त डिबेटमा स्मार्ट नदेखिएको पनि स्वीकारेका छन् ।

उक्त कार्यक्रमअघि आफू धेरैपटक विश्वको भ्रमणमा निस्केको उनले बताएका छन् । “मैले मेरा स्टाफको कुरा सुनिनँ । त्यतिबेला म झण्डै स्टेजमा सुतेको थिएँ,” उनले भनेका छन् ।

८१ वर्षिय बाइडेन २७ जुनको डिबेटभन्दा करिब दुई साताअघि १५ जुनमा युरोप यात्राबाट स्वदेश फर्केका थिए । मानसिक रूपमा फिट नभएको भन्दै आफ्नै डेमोक्रेटिक पार्टीभित्र आलोचना हुन थालेपछि उनले यस्तो बताएका हुन् ।

टेक्सासका कंग्रेसम्यान लिओइड डग्गेटले मंगलबार राष्ट्रपतितर्फ इंगित गर्दै भनेका थिए, “म आशावादी छु कि उमेदवारी फिर्ता गर्ने दुखदायी र कठिन निर्णय उहाँले गर्नुहुनेछ ।” 

उनले यात्राका कारण जेट ल्याग (विमानको लामो यात्राका कारण हुने थकान) भएको कुरा मंगलबार साँझ भर्जिनियामा आयोजित एक फन्ड रेजिङ कार्यक्रममा बताएका हुन् । उनले सो अवसरमा आफ्नो कमजोर प्रस्तुतिलाई लिएर क्षमायाचना समेत गरेको एबीसी न्यूजले जनाएको छ । उनी गत महिना दुई साता युरोपको दुई अलग भ्रमणमा गएका थिए । बीबीसी 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।