काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुलुक ढकाल मुखमा टेप टाँसेर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । उनले बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा टेप टाँसेर बसेका हुन् ।
लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।
पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल जारी छ । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए।
केही दिनअघि रास्वपाले महामन्त्री ढकाललाई स्पष्टीकरण समेत सोधिएको थियो । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो ।