काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । मंगलबार बिहान उनी बालुवाटार पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच गएको आइतबार र सोमबार (हिजो) पनि लामो छलफल भएको थियो । सोमबारै राति ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सत्ता समीकरणको सहमति गरेका छन् ।
https://www.khabarpetika.com/2024/07/02/5161