काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् । सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रचण्ड प्रधानमन्त्री पदबाट राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने छलफलमै रहेको बुझिएको हो ।
‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ एक स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मुड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ ।’
त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ ।