२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

सरितालाई स्वर्ण

काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् । महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन् । बागमती प्रदेशकी संगिता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र स्वर्ण हात पारे ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी वजन उचालिन् ।

कोशीकै सम्झना वन दोश्रो तथा गण्डकीकी सर्मिला विश्वकर्मा तेश्रो भए । सम्झनाले ४० तथा सर्मिलाले ३६ केजी भार वहन गरे ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोश्रो भइन् ।


दुईदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ ।

https://www.khabarpetika.com/2024/07/01/5151

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।