२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ परेकी छिन् । २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।