२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

हामीले पुष्पलालमा केन्द्रित भएर एकता गरे त्यो एकता दिगो हुन्छ :प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पुष्पलाल जन्मशताब्दी समारोहमा उनले सो कुरा बताएका हुन् ।

उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए ।

‘हामी सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुन सक्ने म देख्छु । त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ । किनकि, यो ऐतिहासिक छ । यो दूरगामी छ । यो रणनैतिक महत्त्वको पनि छ ।’ प्रचण्डले भने – ‘हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिस्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ । प्रयास त हामीले गर्‍यौँ । मेरै कुरा गर्‍यौँ भने ०७४ को निर्वाचनअघि कम्युनिस्टहरूलाई एकताबद्ध गरेर दुईतिहाइ बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो, तर त्यो एकता टिकाउन सकिएन, टिकेन । हामी त्यसकै वरिपरि सारा कम्युनिस्ट पार्टीलाई ल्याउन सकौँला भन्ने सोचिएको थियो, तर सकिएन । त्यहाँ कहीँ न कहीँ सीमाहरू रहे । हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ । त्यसो गरे त्यो एकता दिगो हुन्छ । किनभने, त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ । निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।