२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

सांसद कान्छारामको सरकारलाई सुझाव:’ज्येष्ठ मसान्तमा विकासका सबै काम सम्पन गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ(कान्छाराम)ले आगामि वर्षबाट ज्येष्ठ मसान्तमा विकासका सबै काम सम्पन गर्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो सुझाव सरकारलाई दिएका हुन् । असार र साउनमा बाढि पहिरोमा केन्द्रित भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे । ‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने ।

यहीँनेर उनले दोहोरी गीत सम्झिए । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भने ।

काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने भन्दै उनले भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।