२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

मन्थली नगर एसईई नतिजा २०८०: चनखुको हरिसिद्वि माविका सत प्रतिशत विद्यार्थी पास

एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते,कति जनाले पाउँछ दिन?

रामेछाप । माध्यमिक तहको वार्षिक परिक्षा (एसईई) २०८० मा मन्थली नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालय तर्फ हरिसिद्वी माध्यमिक विद्यालयले सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

विहिबार राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा मन्थली नगरपालिका १० चनखु स्थित हरिसिद्वी माविका ८ जना विद्यार्थी रहेकोमा आठै जना पास भएको प्रधानध्यापक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ग्रेड ३.२ देखि ३.६ मा दुई जना, २.८ देखि ३.२ मा तीन जना, २.४ देखि २.८ ल्याएर पास गर्नेमा तीन जना रहेका छन् ।

SUBODH DHUNGEL/PHOTO FACEBOOK

त्यस्तै मन्थली माध्यमिक विद्यालयका छात्र सुवोध ढुंगेल ४ जिपिए ल्याउने एक मात्रै विद्यार्थी बनेका छन् ।

मन्थली नगर शिक्षा शाखाले सार्वजनिक गरिएको एक सूचना अनुसार मन्थली नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयको परिक्षामा सहभागी मध्य ६६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । NG पाउनेमा १७२ जना रहेको छ ।

यस्तै संस्थागत विद्यालय तर्फ भने ३ वटै विद्यालयले सत प्रतिशत नतिजा हासिल गराउन सफल भएको छ ।

यस्तो छ मन्थली नगरपालिकाको सामुदायिक र संस्थागत विद्यालयहरूको शैक्षिक सत्र २०८० को एसईई नतिजा :-

४ GPA – १ जना
३.६ देखि ४ GPA सम्म – ६९ जना
३.२ देखि ३.६ GPA सम्म – १०६ जना
२.८ देखि ३.२ GPA सम्म – १२५ जना
२.४ देखि २.८ GPA सम्म – ७६ जना
२.० देखि २.४ GPA सम्म – १० र
NG – १७२ जना

एसईईमा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल,उत्तीर्ण कति ?

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।