२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

बुद्धवीर र धर्मलाई स्वर्ण

काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।


बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जितेका हुन् । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरेका थिए । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए ।

धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवत दाहाल दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाएका थिए ।


नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त  गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।


प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।