२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति भारत र इङ्गल्यान्ड खेल्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ ।

भारत सुपर–आठको समूह ‘एक’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । भारतले सुपर–आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रन, दोस्रो खेलमा बङ्गलादेशलाई ५० रन र तेस्रो खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै अन्तिम चारमा पुगेको हो ।

यस्तै इङ्गल्यान्ड सुपर–आठको समूह ‘दुई’ बाट दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । इङ्गल्यान्डले सुपर–आठको पहिलो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ७ रनले पराजित भएको इङ्गल्यान्डले तेस्रो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।

एक्युवेदर वेबसाइटका अनुसार यो खेल वर्षाले प्रभावित हुनसक्ने सम्भावना छ । सेमिफाइनलका लागि ‘रिजर्भ डे’ अर्थात् अतिरिक्त दिन नराखिएको हुँदा यो खेल वर्षाका कारण रद्द भएमा भारत फाइनलमा पुग्नेछ ।

आईसीसीको नियमअनुसार सेमिफाइनल खेल रद्द भएमा सुपर–आठ मा शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा पुग्नेछ । भारत सुपर–आठ समूह ‘एक’ को शीर्ष स्थानमा रहेको थियो भने इङ्गल्यान्ड सुपर–आठ समूह ‘दुई’ को दोस्रो स्थानमा रहेको थियो ।

यसैबीच आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । फाइनल खेल पर्सि शनिवार राति सवा ८ बजे वेस्ट इन्डिजको ब्रिजटाउनमा हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।