२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् ।

कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै अनलाइनमा कसैको नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सिधै निवेदन दिन पनि सकिने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार चार सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ६५ जना सहभागी भएका थिए । ‘एनजी’ अर्थात ‘ननग्रेडिङ’ हुने दुई लाख ४२ हजार तीन सय १३ जनामध्ये बढीमा दुई विषयमा ‘एनजी’ हुने एक लाख १५ हजार आठ सय ३४ जना आउँदो साउन १८ र १९ गते हुने ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

एक महिनामै नतिजा प्रकाशन हुने भएकोले उनीहरू ‘ग्रेडिङ’ भएमा यही वर्ष कक्षा ११ मा भर्ना हुन पाउँछन् । दुईभन्दा बढी विषयमा ‘ननग्रेडिङ’ मा पर्ने एक लाख २६ हजार चार सय ७९ जना विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।