२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

प्राचीन स्मारक सहित ३ जना पक्राउ

बाँके: राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका-११ बस्ने ५० वर्षीय खिम बहादुर कुँवर, ५० वर्षीय रामु न्यौपाने र  दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ५८ वर्षीय निम बहादुर कुँवर रहेका छन् । 

उनीहरुलाई ओम नम: शिवाय: लेखिएको तुलमा बेरी झोलामा लुकाई राखिएको गोलाई १ फिट ६ ईन्च, उचाई ९ ईन्च, तौल ८ किलो ६८० ग्राम भएको पहेंलो धातुमा कालो पालिस लगाएको धातुको जस्तो बुद्धको मूर्ति १ थान, ८ ईन्च लम्बाई भएको कटर १ थान, ८ ईन्च लम्बाई भएको पिलास १ थान, ८ ईन्च लम्बाई भएको फलामको रेति १ थान र भारतीय सिमकार्ड १ थान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरू उपर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।