२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

रास्वपामा राजदूत बन्नका लागि १ सय जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा राजदूत बन्नका लागि करिब १ सय जनाको आवेदन परेको छ । रास्वपाको भागमा परेको दुई राजदुतको लागि बुधबारसम्ममा करिब १ सय जनाको आवेदन परेको हो ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

‘धेरै जनाको उम्मेदवारी परेको छ । त्यसैले छनोट प्रक्रिया लामो हुनसक्छ,’ उनले भने । गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो ।

सो अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।