रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङ धराैटीमा रिहा भएका छन् । मंगलबार प्रहरीले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत रामेछापले तामाङलाई ३ लाख २५ हजार रुपैयाँ ढरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी हिरासतमुक्त भएका हुन् ।

त्यसैगरी सोही घटनामा वीर बहादुर तामाङ समुहले दिएको किटानी जोहेरीको आधारमा पक्राउ परेका नेता जित बहादुर मगर भने प्रहरी हिरासतमै रहेका छन् ।
केहि दिन अगाडि गाल्बा बजारमा आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनको क्रममा कुटाकुटबाट सुरु भएको विवाद जिल्ला प्रहरी कार्यालयमा पुगेको हो । दुवै पक्षले नौ/नौ जनाको विरुद्धमा किटानी जाहेरी दिएपछि प्रहरीले धमाधम घटनामा सलग्न कांग्रेसका नेताहरुलाई पक्राउ गर्दै अदालतमा मु्द्दा दर्ता गर्दै आएको छ ।












