२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

सिआईबीको प्रहरी हौँ भन्दै २ करोड लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं : भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा रहेका छन् । 

राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।    

उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२-०४० प ५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।