२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यहाँ रहेको दियालो दरबार सङ्ग्रहालयको अनुगमन गर्नुभएको छ । भरतपुर महानगरपालिका-१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएपछि यसको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने गरी काम भइरहेका छ । हाल सङ्ग्रहालय मर्मतको ९० प्रतिशत काम सम्पन्न भएको छ दिदीबहिनी निर्माण सेवाले ९२ लाखमा मर्मतको ठेक्का पाएको छ ।

दरबारभित्र पहिलो तलामा ठुलो बैठक कक्ष छ । भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार बनेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको छ । दरबारमा पाँच वटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । ऐतिहासिक यो स्थल ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।