२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

सांसद शाहीलाई झोक्किँदै प्रधानमन्त्रीले भने-‘अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको बताएका छन। परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जवाफ दिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।

जवाफमा उनले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”

सरकार जिम्मेवार भएर काम गरिरहेको भन्दै उनले थपे, “म अझ जोड दिएर भन्न चाहन्छु– प्रधानमन्त्री भएकाले राति १२ बजे मोर्चामा भएका लडाइँ लड्दै गरेको फोनमा कुरा गरेको छु । तपाईं कुनै दिन प्रधानमन्त्री हुनुभएछ भने म पनि हेर्न चाहन्छु कसरी काम गर्नुहुन्छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।