२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

उमाकुण्ड गाउँपालिकाले ल्यायो २०८१/०८२ को लागि ५३ करोड,यस्तो छ नीति तथा कार्यक्रम

रामेछाप । उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि ५३ करोड ३१ लाख २५ हजार ८ सय ९९ रुपैयाँको बजेट लयाएको छ ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले आइतबार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

यस्ताे छ उमाकुण्ड गाउँपालिकाकाे आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम

गाउँ सभामा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, यान्त्रिकीकरण एवम् व्यवसायीकरण गर्दै खाद्यान्न तरकारी तथा फलफूलको उत्पादकत्व वृद्धि र व्यवस्थित बजारीकरण गरी गाउँवासीको आर्थिक अवस्थामा सुधार गर्दै लगिने नीति गाउँपालिकाले लिएको बताए ।

गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने, पर्यटकीय क्षेत्र ताँमेलगायत अन्य स्थानमा निर्माणाधीन पर्यटकीय संरचना समेत समय सीमा भित्रै सम्पन्न गरिने प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको छ । नुम्वुर चिज सर्किटलाई थप फराकिलो र व्यवस्थित गरी प्रचार प्रसारमा जोड दिइने भएको छ ।

यस्तै, गाउँपालिका भित्र जातीय पहिचानको प्रवर्धन गर्ने नीति समेत पालिकाले लिएको छ ।

स्वास्थ्यतर्फ भने गाउँपालिकाको केन्द्रमा डाक्टर सहितको सुविधा सम्पन्न आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, सबै स्वास्थ्य संस्थाहरूमा अक्सिजन सहितको २ शय्याको व्यवस्था र ल्याब सहित दक्ष जनशक्तिको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

मन्थली नगरपालिकाले ल्यायो १ अर्व १ करोडको बजेट,कुन क्षेत्रमा कति बजेट ?

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।