२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको ७ औं महाधिवेशन सम्पन्न ; अध्यक्षमा डिल्लीमान तामाङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल को ७ औं केन्द्रिय महाधिवेशन समपन्न भएको छ ।

असार ८ र ९ गते बानेश्वोर थापागाउँ स्थित काठमाडौँ बैन्केटमा सम्पन्न भएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल को ७ औं केन्द्रीय महाधिवेशनबाट सर्बसम्मत रुपमा संबिधान सभा सदस्य समेत रहेका डिल्लीमान तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको उक्त कार्यक्रममा अर्थ मन्त्रि बर्षमान पुन, संस्कृति तथा पर्यटन मन्त्रि हित बहादुर तामाङ लगाएतको उपस्थिती रहेको थियो ।

काठमाडौंमा सम्पन्न ७ औं राष्ट्रिय महाधिवेसनले तामाङको अध्यक्षमा १५१ सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा सोमबले तामाङ, उपाध्यक्षहरुमा मनोज तामाङ, गोपिलाल सिङतान, बेतीबहादुर मुक्तान, हरिजंग तामाङ, अविरल जिम्बा, हिमाली गोले र प्रेमकुमार लामा निर्वाचित भएका छन्।

यस्तै महासचिवमा लिलाकुमार घलान तामाङ, सचिवहरुमा मिलन तामाङ, रक्षबहादुर तामाङ(युनिक) र कोषाध्यक्षमा उषा तामाङ चयन भए। लामो समय निश्कृय रहेको माओवादीका जातिय मोर्चाहरु पछिल्लो समय पुनरजिवित हुन थालेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।